राजनीति

माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो



काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ ।

गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दलमायाँ रोका निष्क्रिय रहेको भन्दै पार्टीले पदमुक्त गरेको हो । यसैगरी अर्का नेता केशव कुँवर बैदेशिक रोजगारीमा गएसँगै उनलाई पनि पदमुक्त गरिएको माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ । 

यसैगरी गण्डकी प्रदेशअन्तर्गतकै रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ), पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । यस्तै  वीरेन्द्र बस्नेत झापा)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।