राजनीति

पाथीभरा केबलकारको विवाद समाधान गर्न सबै गम्भीर हुनु पर्छ: गृहमन्त्री लेखक



काठमाडौँ, २९ माघ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
 
गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।

यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि आज साँझ गृहमन्त्रीसँग भेटघाट भएको हो । 

भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको पनि तिवारीले बताए ।