काठमाडौँ, २९ माघ । सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी पर्साबाट दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मीलाई पक्राउ गरेको हो ।
तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन् । तत्कालीन समयमा तेलीले चलाएको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको हो । उनलाई माघ २७ गते पक्राउ गरी सवारी ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै आदेशप्रसाद कुर्मीको जाहेरीका आधारमा कुर्मी पक्राउ परेका हुन् । उनले चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ०६४ माघ ३ गते होरिल राउत कुर्मीको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापश्चात फरार रहेका उनलाई माई २८ गते पक्राउ परी सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्