अर्थ

६ महिनामा २८ अर्बको आईटीसम्बन्धी वस्तु तथा सेवा निर्यात



काठमाडौँ, २९ माघ । नेपालबाट सूचना–प्रविधि (आईटी)सम्बन्धी वस्तु तथा सेवाको आयात बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा २८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुससम्म आईटी निर्यात गरिएको हो । यसअवधिमा तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा आयात भएको छ ।

साउनदेखि मसिंरसम्म पाँच महिनामा आईटी निर्यात २२ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ थियो । एक महिनामै करिब पाँच अर्ब १६ करोड रुपैयाँबढीको निर्यात भएको हो ।

दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा गत आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ५४ करोड रुपैयाँको  निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ५३ करोड २७ लाख रुपैयाँको निर्यात भएको थियो ।