काठमाडौँ, २९ माघ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालक सहित ५ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान ८ः२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठक्कर लागेको थियो ।
ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ । दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आँखी, भौँमा चोट लागेको छ ।
चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको छ । त्यसैगरी बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट अवस्था मध्यम रहेको छ ।
बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्