समाचार

ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु



काठमाडौँ, २९ माघ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको हो । 

उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो । अन्य ९ जनाको उपचार भइरहेको छ ।