काठमाडौँ, २९ माघ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका छन् ।
मन्त्री चौधरीले नेपाल स्काउटको कर्मचारी नियमावली–२०५२ लाई संशाेधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो ।
नियमावलीको अनुसूची–४ (क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४) मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य लेखिएको थियो ।
नियमावली टाइप गर्दा गल्ती भएको बताउँदै मन्त्रालयले त्यसलाई सच्याएर नेपाल सरकार बनाइएको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्