समाचार

एक महिलाको शव नग्न अवस्थामा फेला



काठमाडौँ, ३० माघ । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको हो । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो । गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएको छन । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।