समाचार

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौँ, १ फागुन । काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेको साँखु–नगरकोट सडक खण्डमा हिजो बेलुकी स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाबहिलको एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

वनभोज खाएर नगरकोटबाट साँखुतर्फ छुटेको बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।