काठमाडौँ, १ फागुन । नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नयाँ समिति निर्वाचित भएपछि काभ्रेको धुलिखेलमा बसेको पहिलो कार्यमूलक बैठकले उक्त विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
बैठकले धुलिखेल घोषणापत्रसमेत जारी गरेको छ । यस्तै मिडिया काउन्सिल विधेयकमा पनि विगतदेखि नै महासंघले दिएका सुझावहरु नसमेटिएको भन्दै आपत्ति जनाएको छ । यस्तै सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन नभएको र त्यहाँ कार्यरत श्रमजीवी पत्रकारले नियमानुसार पाउनुपर्ने न्यूनतम सुविधासमेत नपाएको गुनासो आएकाले त्यस्ता संस्थामा तत्काल कानुन कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्