काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो ।
बुधबार बिहान करिब ७ बजे उनलाई भैँसीले हानेको थियो । माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो ।
अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्