काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेर दुई जना घाइते भएका हुन् ।
घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्