समाचार

२०८२ सालको पात्रो सार्वजनिक



काठमाडौँ, २ फागुन । २०८२ सालको पात्रो सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ ।

समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।

यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ । यसै गरी असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दसैँको टीका लगाइसकेपछि देवी विसर्जन गरिनेछ । यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ । 

यसै गरी कार्तिक २ गते आइतबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २ गते कागतिहार तथा धन्वन्तरि जयन्ती परेको छ भने ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा मनाइनेछ । सोही दिनलाई सुखरात्रि पनि भनिन्छ । ५  गते बुधवार गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा  परेको छ भने सोही दिन नेपालसम्वत ११४६ आरम्भ हुनेछ ।

यस्तै ६ गते बिहीबार यम द्धितीया अर्थात् भाइटिका परेको छ । असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ । २०८२ सालमा मनाइने अन्य चाडपर्वको तिथि र मिति पनि समितिले उल्लेख गरेको छ ।