समाचार

भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु



काठमाडौँ, २ फागुन । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर प्रहरीका अनुसार  चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले ठक्कर दिदा सोही नगरपालिका वडा नम्बर ५ पिखेल बस्ने पैदलयात्री ७२ वर्षीया केकई मग्रराती मगरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते उनको काठमाडौँ मेडिकन अस्पताल दुवाकोट मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । दुर्घटना गराउने चालक ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।