काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् ।
आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे । उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रिय समितिको बैठकले गर्ने बताए ।
उनले भने, ‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनुपर्छ भन्ने म त्यसको पक्षपाती छैन । अहिले पार्टी निर्माणमा दौड लगाउनुपर्छ । पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ । पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ । एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ । अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ ।’
प्रतिक्रिया दिनुहोस्