मनोरञ्जन

फिल्म ‘दयारानी’ ओटीटीमा रिलिज



काठमाडौँ, ४ फागुन । फिल्म ‘दयारानी’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

सिनेमाघरले शनिबारदेखि फिल्मको स्ट्रिमिङ थालेको हो । नेपाली भाषाको फिल्ममा अभिनेता समेत रहेका माओत्से गुरुङको डेब्यु निर्देशकीय फिचरमा दयाहाङ राई, दीया पुन र विजय बरालको शीर्ष भूमिका छ ।

फिल्मले निःसन्तान दम्पतिको कथावस्तु पेश गर्छ । सिनेमाघर ओटीटी एन्ड्रोइड र आइओएस मोबाइल, स्मार्ट टिभीसहित ल्यापटप र डेस्कटपमा पनि उपलब्ध छ । दर्शकले मास्टर कार्ड र भिसा कार्ड प्रयोगसहित नेपालबाट डिजिटल वालेटबाट रकम भुक्तानी गरेर हेर्न सक्ने जनाइएको छ ।