राजनीति

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला : राष्ट्रपति पौडेल



काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् ।

आज पाँचौं ल एशिया तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्न सक्ने कुरा सुनिश्चित गर्ने बताए ।  

नेपालमा, लोकतन्त्रप्रतिको जनताको  लामो समयदेखिको समर्पण र उत्सर्गले  हामीलाई त्यसतो समाज निर्माणको लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले नेपालले लोकतन्त्रको लागि लामो र कठिन यात्रा तय गरेका उल्लेख गर्दै विगत लोकतन्त्रको लागि अथक संघर्षले भरिएको बताए । राष्ट्रपति पौडेलले लोकतन्त्रको सर्घषमा धेरै साहसी व्यक्तिहरूले अथक संघर्ष गरेका बताउदैँ यो संघर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनस्र्थापना हुदैँ संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको स्पष्ट पारे । 

उनले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्ग भेद, लिङ्गभेद, विचार तथा अभिव्याक्तिको स्वतत्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वाथ्यजस्ता मानव मात्रलाई नभई नहुने अधिकार भएको बताए ।