काठमाडौँ, ४ फागुन । कार्यव्यवस्था परामर्श समितिको ३६औँ बैठकले प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित गरेको छ ।
बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले एकजना सांसदका निम्ति एक मिनेटको समय छुट्याएको छ ।
यसअघि एकैजना सांसदले धेरै प्रश्न राख्ने र लामो भूमिका राख्ने गरेकोमा अबदेखि बढीमा २ वटा प्रश्न वा एक मिनेटभित्र धारणा राख्न पाइनेछ । यसअघि एकैजनाले आठवटासम्म प्रश्न र १२ पेजसम्मको धारणा राख्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्