समाचार

प्रहरी सई खतिवडा मृत फेला



काठमाडौँ, ४ फागुन । नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) झापामा मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई ४९ वर्षीय धनराज खतिवडा मृत फेला परेका हुन् । भवनको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

घटनाबारे प्रहरीले परिवारलाई जानकारी गराएर अनुसन्धान अघि बढाएको छ ।