समाचार

१३ लाख किशोरीले लगाए एचपीभी खोप



काठमाडौँ, ४ फागुन । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
 
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएको हुन् ।
 
माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।