राजनीति

संसदमा जलन उपचार केन्द्र बनाउँन माग 



काठमाडौँ, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दवासिनी कंसाकारले जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।

आजको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले आफूले सात महिनाअघि दर्ता गरेको जलन सम्बन्धी गैरसरकारी विधेयक पारित गर्न माग गरिन् ।
 
 “जलन विधेयक पारित गरौँ । जलन उपचार केन्द्र स्थापना गरौँ । आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपतकालीन उद्धार प्रणालीमा सरकारको ध्यानाकर्षण होस्,” उनले भनिन् ।
 
वर्षौं ६० देखि ६५ हजार नागरिक जलनपीडित हुने गरेको उनले बताइन् ।  उनले शनिबार पोखरामा बेलुन पड्कँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य लाभको कामना गरिन् ।