काठमाडौँ, ५ फागुन । चालु आर्थिक वर्षको पुसको तुलनामा माघमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व घटेको छ ।
पुसको तुलनामा माघमा कारोबार ६.१, कित्ताकाट ०.८ र राजस्व ८.९३ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । पुसको तुलनामा माघमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व ३७ करोड ९७ लाख ४० हजार रुपैयाँले घटेको छ ।
माघमा ५० हजार ५ सय ९८ पटक कित्ताकाट लिखत पारित भएको विभागले जनाएको छ । पुसमा ४८ हजार १ सय ५६ वटा कारोबारको लिखत पारित हुँदा माघमा ४६ हजार ६९ वटा भएको विभागको तथ्यांक छ । पुसको तुलनामा माघमा ३७ करोड ९७ लाख ४० हजार रुपैयाँले राजस्व घटेको छ । गत पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व उठाउँदा माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ मात्रै उठेको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्