काठमाडौँ, ५ फागुन । बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा धेरै किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ४ गते आइतबारसम्ममा प्रदेशका २ लाख ४६ हजार ८३५ जना किशोरीहरूले एचपीभी खोप लगाएका हुन् ।
६ फागुनसम्ममा बागमती प्रदेशका १३ जिल्लाका २ लाख ९८ हजार ९०५ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ८२.६ प्रतिशत (२ लाख ४६ हजार ८३५ जना) किशोरीहरूले एचपीभी खोप लगाइएका छन् ।
१३ जिल्लामध्ये ४ गतेसम्म लक्ष्यको सबैभन्दा बढी नुवाकोट र दोलखामा ९९.४ प्रतिशतले खोप लगाएका छन् । गएको माघ २२ गतेबाट सुरु भएको अभियान ६ फागुनसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि प्रदेशमा ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्