समाचार

दुई जना मृत अवस्थामा फेला



काठमाडौँ, ६ फागुन । कैलालीमा फरक स्थानमा दुई जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जनाको शव फेला परेको हो ।

घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेलधुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेका थिए । 

कामीको शव दिउँसो ४ बजेतिर भेटिएको हो । उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल कार्य सकाएर शव त्यहाँबाट उठाएर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

यस्तै जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत अवस्थामा फेला परेका थिए । उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत फेला परेको प्रहरीले जनाएको छ । कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।