काठमाडौँ, ६ फागुन । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको आजै दिउँसो बोलकबोल हुन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाको लागि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् ब्याजदर र कबोल रकम पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
यो उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २८ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने उल्लेख गरिएको छ ।
यो उपकरण केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बोलकबोल बहुब्याजदर प्रणालीमा पनि गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्