काभ्रे, ८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ ।
उनको काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । सापकोटाको पार्थिव शरिरलाई बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा राखिने पार्टीका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्