समाचार

हनुमानढोकामा एक व्यक्ति मृत फेला



काठमाडौँ, ८ फागुन । हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो ।

अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको हो । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ ।