काठमाडौँ, ८ फागुन । आज नेप्से परिसूचक ३.१४ अंकले वृद्धि भएको छ ।
मंगलबार ११.९१ अंक बढेको नेप्से बिहीबारको कारोबारमा पनि निरन्तरता पाएको छ । बिहीबार ३.१४ अंकले वृद्धि भएर २७४३.७४ बिन्दु कायम भएको छ ।
सेन्सेटिभ इण्डेक्स १.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले घटेको नेप्सेले जनाएको छ ।
बिहीबार कारोबारमा आएका ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ । तर, वित्त उपसमूह होटल तथा पर्यटन, लगानी र लघुवित्त, बैंक, विकास बैंक, हाईडोपावर र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्