सुर्खेत, ९ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले नीति ल्याउन लागेको बताएका छन् ।
‘पक्षधरताको आधारमा बजेट विनियोजन हुने परिपाटीलाई अन्त्य गर्नु पर्छ, जननिर्वाचित सरकारले पक्षधरता र अनुहारको आधारमा बजेट विनियोजन गर्दा आम मतदातामा त्यसले गलत सन्देश जाने हुनाले पक्षधरताभन्दा आवश्यकताका आधारमा गर्न सरकारले नीतिगत र कानूनी व्यवस्था गर्नु पर्छ,’ उनले भने, ‘अनुहार र पार्टी हेरेर बजेट व्यवस्था गर्दा जनतामा नकारात्मक सन्देश जान्छ र जनताले त्यसलाई स्वीकार गर्ने अवस्था रहँदैन ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमको तयारी स्वरुप सातै प्रदेशमा यस्ता खालको कार्यक्रम गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्