राजनीति

भूराजनीतिक बदलावले सुरक्षा चुनौती बढ्यो : सेना



काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको विश्लेषण नेपाली सेनाले गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार सुरु भएको दुईदिने पृतनापति समन्वयात्मक बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले अहिलेको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको निष्कर्ष सुनाए ।

‘यस्तो अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतारचढावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सिर्जना हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई सामना गर्न सबै पक्षबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने अवस्था आएको छ ।’