समाचार

फरार चालक पक्राउ



काठमाडौँ, १० फागुन । पैदलयात्रीलाई ठक्कर दिई सवारीसाधनसहित फरार भएका एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजे काठमाडौँको कलंकीस्थित दृष्टि आँखा अस्पताल अगाडि धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय सानु गुरुङलाई रोलरले ठक्कर दिएर फरार भएका मकवानपुरको थाहा नगरपालिका–५ का १८ वर्षीय उमेश स्याङताङलाई नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको हो ।

गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा वर्ल्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।