राजनीति

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु



बुटवल, १० फागुन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ ।

प्रदेश भित्रका १७ वटा विद्यालयबाट अभियानको एकसाथ शुभारम्भ गरिएको हो । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि अभियान थालिएको प्रदेश सरकारको भनाई छ ।

यो अभियानमा सरकारले वजेट विनियोजन गरेको छैन । तर, सामुदायिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी, जनप्रतिनिधि, शिक्षाप्रेमीलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्वयंसेवी ढंगले योगदान गर्न उत्प्रेरित गरिने प्रदेश सरकारका प्रवक्ता कृषि मन्त्री दिनेश पन्थीले बताए ।

अभियान अन्तर्गत विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता कृषिमन्त्री दिनेश पन्थीले बताए ।