समाचार

आजको मौसम



काठमाडौँ, ११ फागुन । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

त्यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने छ ।