समाचार

अवैध सालको काठसहित दुई जना पक्राउ



काठमाडौँ, ११ फागुन । नेपाल प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गए राति १ः३० बजे  विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामीलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट  ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साईकल ४ थान बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको छ ।