राजनीति

पूर्वराजालाई स्पेस दिनुपर्छ: अध्यक्ष लिङ्देन



काठमाडौँ, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएका छन् ।

आज संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए । 

उनले भने, ‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।’