काठमाडौँ, ११ फागुन । आज सेयर बजार परिसूचक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ११.६६ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७५५.४० अंकमा पुगेको छ ।
परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । सोमबार पनि कारोबार ८ अर्ब ४५ करोडको मात्रै कारोबार भएको थियो ।
बजारमा आज १४८ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको मूल्य बढ्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार परिसूचक भने बढेको देखिएको छ । घटेको कम्पनी कुल सङ्ख्याको करिब ६१ प्रतिशत हो । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार बढेको छ ।
आज गार्डियन माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा रिलायन्स फाइनान्सको मूल्य सर्वाधिक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्