काठमाडौँ, १२ फागुन । एनसेलले खल्तीसँगको साझेदारीमा फ्ल्यास सेल अफर ल्याएको छ ।
एनसेलले आफ्ना ग्राहकका लागि खल्तीको एपमा पनि उक्त सेवा ल्याएको हो । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा र टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सकिन्छ ।
उक्त अफर फागुन ११ देखि चैत ९ सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ । अफरअनुसार ग्राहकले बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्न सक्नेछन् । यसका लागि भने ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक खरिद गर्नुपर्नेछ ।
यसरी छानिएका प्याकमा सधैं अन प्याकअन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड छन् । सधैं अन प्याकअन्तर्गत ग्राहकले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइनेछ । त्यसैगरी ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्ने एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्