काठमाडौँ, १२ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सीमा सुरक्षा बल वा विपत् नियन्त्रण बल भनेर नाम राख्न सकिने मत राखेका हुन् ।
उनले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताए । उनले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताए ।
उनले कार्यक्षेत्र टुङ्ग्याएर त्यही आधारमा कानुन बनाउन र सुविधा दिन सकिने पन्तको भनाइ छ । उनले सेनाको कमान्डमा राख्ने व्यवस्था कानुनमा लेख्न नहुने पनि पन्तको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्