काठमाडौँ, १३ फागुन । काभ्रेको काभ्रे भन्ज्याङमा बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो ।
सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा २४ जना यात्रु सवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्