Banner News

टुँडिखेलमा भव्यरुपमा मनाइयो सेना दिवस



काठमाडौँ, १४ फागुन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा आज मुलुकभर सेना दिवस मनाएको छ ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो । 

नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । 

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थित रहेको थियो ।