राजनीति

माओवादीले साथ छोडेपछि कांग्रेस-एमाले खस्किंदै गएको छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् ।

आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस-एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै ठूला दल बनाइदिएको दाबी गरे ।

उनले भने, ‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो । देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो । उनीहरु आफैं ठूलो भएका होइनन्’, ‘जब हामीले छौड्यौं उनीहरु ठूलो हुन पनि छोडे ।’

उनले पछिल्लो समय भएको उपचुनावको उदाहरण दिंदै माओवादीले साथ छोडेपछि कांग्रेस-एमाले खस्किंदै गएको दाबी गरेका हुन् ।