राजनीति

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन



काठमाडौँ, १४ फागुन । महाशिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार साँझ पशुपतिनाथ मन्दिर पुगेका राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् । 

पशुपति दर्शन विधिअनुसार राष्ट्रपति पौडेलले पूजा आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ । 

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गरेका थिए ।