समाचार

काठमाडौँ बन्यो विश्वको चौथो प्रदूषित शहर



काठमाडौँ, १५ फागुन । काठमाडौँ विश्वको चौथो प्रदूषित शहर बनेको छ ।

यो समाचार तयार पार्दासम्म काठमाडौँको वायु प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित शहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।

त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई शहर परेको छ भने बंगलादेशको ढाका १८६ एक्यूआई सहित तेस्रो नम्बरमा छ ।

वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआई सहित सबैभन्दा वायु प्रदूषित शहर बनेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित शहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ ।

खुमल्टार १९५, शंखपार्क १८३, भैंसेपाटी १७४, भरतपुर १७१, धनगढी १७० र धुलिखेल १५१ एक्यूआईसहित वायु प्रदूषणका हिसाबले अस्वस्थ शहरभित्र परेका छन् ।