अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १५ फागुन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७० हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।