समाचार

६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प



काठमाडौँ, १६ फागुन । शुक्रबार बिहान काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।

एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए । राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१  म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो । 

सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो गएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । 

जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् । भूकम्प आएपछि आत्तिएर दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकल्ले जनाएको छ ।