राजनीति

नेमकिपाको आठौं महाधिवेशन आजदेखि सुरू हुँदै



भक्तपुर, १६ फागुन । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन सुरू हुँदैछ ।

महाधिवेशन फागनु १९ गतेसम्म चल्ने बताइएको छ ।  महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने बताइएको छ ।