काठमाडौँ, १६ फागुन । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम पौडेललाई पक्राउ गरेको हो छन् ।
पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय बालिकालाई करणी गरेको आरोप छ । उनले ती नाबालिकालालाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनी राखेका थिए ।
पौडेलले संस्थाबाट १५ मंसिर, २०७६ मा उनलाई आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए । जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्