काठमाडौँ, १६ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्ने उस्ताद भएको टिप्पणी गरेका छन् ।
आज जसपा नेपालले काठमाडौँमा आयोजना गरेको भूमिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशबारे अन्तरक्रिया कार्यक्रममा उनले ओलीलाई कानुनसँग मतलब नभएको बताए ।
उनले भने, “अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ । त्यो गर्ने कुराप्रति गौरवबोध गर्नहुन्छ । उहाँलाई संविधान, कानुन विधिसँग मतलव छैन,” ।’
नेपालले ओलीलाई व्यापक छलफलसँग मतलव नभएको बताए । राज्यका सञ्चालकहरूले नै विधिको पालना गरेनन् भने अरूलाई गर भन्ने नैतिक आधार नरहने उनको भनाइ छ । नेपालले सरकारले ल्याएको ६ वटामध्ये भूमि अध्यादेशको अन्तरवस्तु ठिक नभएको बताए । “अध्यादेश त आयो, त्यसको अन्तरवस्तु एउटा कुरा हो । यसको उद्देश्य पनि ठिक छैन, अरू अध्यादेशमा त यो यो राम्रो पनि भन्न सकिएला । यसको त अन्तरवस्तु पनि ठिक छैन, ६ वटा अध्यादेशमध्ये,” नेपालले भने, “तरिका, विधि ठिक अवलम्बन गरिएन, कानुनको सम्मान गरिएन भने त्यसले देशको विधिको शासनमाथि प्रहार गर्छ ।”
प्रतिक्रिया दिनुहोस्