काठमाडौँ, १७ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान आगामी निर्वाचनसम्म एमाले–कांग्रेसको सहकार्य जारी रहने बताएका छन् ।
सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन काठमाडौँमा उद्घाटन गर्दै उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताए ।
साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको महासचिव पोखरेलले बताए । अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्