समाचार

चट्याङ लागेर तीनजना घाइते



सिन्धुली, १८ फागुन । हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका हुन् । घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको छ । 

घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको र सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको छ ।